कांग्रेस केन्द्रीय सदस्यमा देवकी गौतमको उम्मेदवारी घोषणा

हेटौंडा । नेपाली कांग्रेसकी नेतृ देवकी गौतमले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।
गौतमले केन्द्रीय कार्यसमिति आफ्नो लागि पद प्राप्त गर्ने माध्यम मात्र नभई नयाँ सोच, नयाँ आशा र नयाँ विश्वासलाई संस्थागत गर्ने जिम्मेवारी भएको बताएकी छन्।
कांग्रेसलाई अझ बलियो, भरोसायोग्य र जनताको आशाको केन्द्र बनाउने यात्रामा पार्टी नेतृत्वलाई साथ दिँदै आफ्नो क्षमताले भ्याएसम्म इमानदारीपूर्वक योगदान गर्ने उनले प्रतिबद्धता जनाएकी छन्।
गौतमले आफूले विगतदेखि नै कांग्रेसको संगठनमा विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएको उल्लेख गरेकी छन्। उनले नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै वडा कार्यसमिति सदस्य, क्षेत्रीय कोषाध्यक्ष, जिल्ला सदस्य तथा प्रदेश सदस्यको जिम्मेवारीसमेत सम्हालेकी छन्।
उम्मेदवारी घोषणा गर्दै गौतमले पार्टीलाई विचार र संगठनका माध्यमबाट अझ बलियो बनाउँदै अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताएकी छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.