भीमफेदीको मण्डुमा उज्यालो नेपालको टोल कमिटी गठन

मकवानपुर । उज्यालो नेपाल पार्टीको तीनमहिने संगठन विस्तार अभियानअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित मण्डु टोलमा भेला सम्पन्न भएको छ। भेलाले फुलबहादुर वाइबाको अध्यक्षतामा टोल कमिटी गठन गरेको छ।

कमिटीको सचिवमा मानबहादुर तितुङ चयन भएका छन्। सदस्यहरूमा पार्वती स्याङ्तान, मिलन प्रजा, सन्चमाया वाइबा, बिमला भोमजन, राधिका रानामगर र सुकुमाया वाइबा चयन भएका छन्।

भेलाले वडा कमिटीका लागि रन्जना थिङ, कल्पना वाइबा, बिनोद सिंह वाइबा, अशोक स्याङ्तान र सुनिल प्रजालाई प्रतिनिधिका रूपमा सिफारिस गरेको छ।

भेलाका क्रममा करिब २० जनाले पार्टीको सदस्यता ग्रहण गरेका छन्। वडा कमिटीका संयोजक दिनेश रानाको अध्यक्षतामा सम्पन्न भेलामा पालिका कमिटी अध्यक्ष आशिष आस्लामी, कोषाध्यक्ष युगेन घलान तथा सल्लाहकार जितमान सिंह वाइबालगायतको उपस्थिति थियो।
भेलामा स्थानीयले टोलका समस्या तथा विकास निर्माणका आवश्यकताबारे ध्यानाकर्षण गराएका थिए। पार्टी नेतृत्वले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.