संविधान र लाेकतन्त्रकाे रक्षाकाे लागि जुटाैँ: एमाले नेता राना

हेटाैँडा। नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर ईञ्जार्ज रामेश्वर रानाले संविधान र लाेकतन्त्र रक्षाकाे लागि सबै एकजुट हुनपर्ने बताउनु भयाे । नेकपा एमाले हेटाैँडा ९ नं. वडा कमिटीले चार्डपर्वकाे अवसरमा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बाेधन गर्दै रानाले निर्वाचनबाट आएकाे सरकार भएपनि बालेन्द्र सरकारकाे क्रियाकलाप स्वेच्छाचारी र मुलुकलाई अराजकतातर्फ धकल्ने रहेकाे दावि गर्नुभयाे ।
सामुदायिक संघसंगठन, प्रतिबन्ध लगाउन खाेज्नु, विना प्रमाण जथाभावि धरपडक गर्नु र लाेकतन्त्रमा दलहरूलाई अनाधार गर्नु यसकाे प्रमाण रहेकाे बताउनु भयाे । पार्टीले युवा समुदायलाई विगतदेखि नै प्राथमिकता दिँदै आएकाेले युवाकाे माग र मुद्वा सम्बाेधन गर्न, राजकीय, पार्टी कमिटी र नेतृत्वमा युवालाई प्राथमिकता दिँदै आएकाे बताउनु भयाे । कार्यक्रममा चार्डपर्वकाे अवसरमा शुभकामना व्यक्त गर्दै रानाले वडा र युवालाई पार्टी कामकाे केन्द्रविन्दु बनाउन र जनताकाे सुखदु:खमा सधै पार्टी साथमा रहिरहने बताउनुभयाे ।
वडा अध्यक्ष बासुदेव प्याकुरेल अध्यक्ष केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, केन्द्रीय लेखा आयाेगका सदस्य नवीन सिग्देल, प्रदेश कमिटी सदस्यहरू रघुनाथ खुलाल, रामचन्द्र राई, गीता कार्की, सुमित्रा काफ्ले लगायत जिल्ला, नगर र वडाका नेता कार्याकर्ताकाे उल्लेखिय उपस्थिति रहेकाे वडा सचिव सञ्जय अर्यालले जानकारी दिनुभयाे ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.