हायू परिवार पोखरामा फेला

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएकी उर्मिला हायूसहितको परिवार पोखरामा फेला परेको छ। लामो समयदेखि सम्पर्कविहीन अवस्थामा रहेका उनीहरूलाई सोमबार बेलुका पोखरा महानगरपालिका–३० गगनगौडामा प्रहरीले भेटेको हो।

सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकका अनुसार उर्मिलासहित उनका परिवारका १६ जना गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भाडामा कोठा लिएर बसिरहेको अवस्थामा फेला परेका हुन्।

‘सोमबार जनप्रतिनिधि र आफन्तको रोहबरमा उनीहरूलाई फेला पारिएको स्थानमै राखिएको छ,” प्रमुख विकले जानकारी दिए, “सामान्य सोधपुछ गरिएको छ, उनीहरू त्यहाँ आफैँ कोठा खोजेर बसेका रहेछन्।”

प्रारम्भिक बयानअनुसार, उनीहरूले घरमा बारम्बार बिरामी पर्न थालेको, बालबालिकाको स्वास्थ्यमा समस्या आएको, र धामीले पनि त्यही ठाउँमा नबस्न सुझाव दिएको बताएपछि घर छाडेको बताएका छन्।

हाल उनीहरूका परिवारका सदस्यहरूको मनोस्थिति, बसाइको उद्देश्य, र सम्भावित जोखिमका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.