साउन १६ गते, पहिलो राष्ट्रिय कोदो दिवस

सरकारले कोदोजन्य बालीको उत्पादन र उत्पादकत्व बढाउन तथा आयातमा नियन्त्रण ल्याउन पहिलोपटक साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने भएको छ। ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित दिवस मनाउँदैछ।

कृषि विभागका अनुसार कोदोले साना किसानको आय, खाद्य सुरक्षामा योगदान दिन्छ र जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोगी छ। विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको हो।

गत वर्ष करिब १८ हजार मेट्रिक टन कोदोजन्य बाली रु ७६ करोडभन्दा बढीको आयात गरिएको थियो। दिवसको अवसरमा चाँगुनारायणको ताथलीमा कोदो रोपाइँ, किसान तथा पत्रकारहरूलाई सम्मान, पुरस्कार वितरण र विभिन्न कार्यक्रम आयोजना गरिनेछ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.