३ करोड लागतमा छात्रावास स्थल निर्माण हुँदै

हेटौंडा । भुटनदेवी माध्यमिक विद्यालयमा सहरी विकास मन्त्रालयबाट विनियोजित ३ करोडको लागतमा निर्माण हुन लागेको छात्रावासको निर्माण स्थल निरीक्षण गरिएको छ। निरीक्षण कार्यक्रम पूर्वाधार विकास समिति सभापति तथा राप्रपा नेता माननीय दिपक बहादुर सिंहको पहलमा सम्पन्न भएको हो।

निरीक्षण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देल, राप्रपा केन्द्रीय सदस्य राम थोकर, राप्रपा मकवानपुर जिल्ला कार्यवहाक अध्यक्ष सागर थापा, हेटौंडा उपमहानगर अध्यक्ष अरुण लामा, महिला नेतृ उर्मिला लामा, विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू लगायत अन्य सामाजिक प्रतिनिधिहरूको उपस्थिति थियो।

माननीय सिंहले शिक्षामा पूर्वाधार विकास आवश्यक रहेको उल्लेख गर्दै छात्रावास निर्माणले ग्रामिण भेगका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्तिमा सहजता ल्याउने विश्वास व्यक्त  गरे।
शैक्षिक गुणस्तर अभिवृद्धि तथा सुरक्षित बसोबासका लागि छात्रावास निर्माण अपरिहार्य रहेको उल्लेख गरे। उनले शिक्षा क्षेत्रमा गरिने लगानीनै दीर्घकालीन राष्ट्र निर्माणको आधार हुने धारणा राखे।

विद्यालय परिवारले यस्तो ठूलो परियोजना विद्यालयमा ल्याउन सहयोग पुर्‍याउने सबैप्रति आभार प्रकट गरेको छ। छात्रावास निर्माण सम्पन्न भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवासीय सुविधा प्राप्त हुने बताइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.