हेटौंडा।शिक्षा र सामाजिक कार्यमार्फत् बालश्रम न्यूनीकरण परियोजनाअन्तर्गत् विद्यालयहरुलाई घटना व्यवस्थापन सम्बन्धमा अभिमुखीकरण भएको छ । बुधबार सिविनको आयोजना तथा साप्लानिरको सहयोग र मनहरी गाउँपालिकाको समन्वयमा कार्यक्रम भएको हो ।
सिविन नेपाल मकवानपुर प्रवन्धक झबिन्द्र ज्ञवालीले बालबालिकाको घटना व्यवस्थापन सम्बन्धमा अभिलेख प्रक्रिया,बालअधिकारका स्तम्भ,घटना व्यवस्थापनको उद्देश्य,घट्ना सम्बन्धि कानुनी व्यवस्था, बालबालिकाको घटना व्यवस्थापन सम्बन्धमा अभिलेख प्रक्रिया र श्रमको जोखिममा रहेका बालबालिकाको घट्ना व्यवस्थापन तथा सहयोग सम्बन्धि कार्यविधि बारे प्रस्तुतिकरण दिनुभएको थियो ।
मनहरी गाउँपालिका–१, ३, ५,७ र ९ वडाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, बालमैत्री सम्पर्क शिक्षक, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, बालक्लबका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम भएको थियो ।
ती वडामा सिविनले विद्यालयमा बाल संरक्षण नीति तयार गर्न प्राविधिक सहयोग गरेको र उक्त नीति विद्यालयमा कार्यान्वयनमा ल्याएकाले उक्त वडाका विद्यालयहरु अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
शिक्षा र सामाजिक कार्यमार्फत् बालश्रम न्यूनीकरण परियोजनाअन्तर्गत् ५ वटा वडाका १० जनाको दरले ५० जना जोखिममा रहेका बालबालिकालाई सिविनले प्रत्यक्ष शैक्षिक सहयोग मनोविमर्शसहित कार्य गर्दै आएकोले ती बालबालिकालाई सहयोग गरिरहेकोमा विद्यालयमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रम गरिएको थियो ।
हेटौंडा उपमहानगरपालिकाको ५ वटा विद्यालयबाट ५०, मनहरी गाउँपालिकाको ५ विद्यालयबाट ५० जना गरि एकसय बालबालिकालाई सिविनले सहयोग गर्ने छ।
कार्यक्रममा मनहरी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अनन्त प्रकाश अर्याल,मनहरी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीलगायतको उपस्थिति थियो।









