मकवानपुर । मनहरी गाउँपालिका–६ हाङलाङमा आज दिउँसो परेको चट्याङले एक जनाको मृत्यु र ११जना घाइते भएका छन्। चट्याङ लागेर ४६ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
यसै क्रममा घाइते २ वर्षीया सारा घलानको परिवारका लागि मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले व्यक्तिगत रुपमा नगद १० हजार रुपैयाँ सहायता उपलब्ध गराएका छन्। उक्त सहयोग खाजा, खाना लगायत आवश्यक व्यवस्थाका लागि प्रदान गरिएको कालाखेतीले बताए।
अध्यक्ष कालाखेतीले घटनास्थल पुगेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। साथै, चट्याङबाट घाइते सबैको निःशुल्क उपचार गरिने घोषणा समेत गरेका छन्।
प्रतिकृया दिनुहोस्









