हेटौंडा जेसिजद्वारा ४३ जना विद्यार्थीलाई टिसर्ट र ट्राउजर वितरण

 

हेटौंडा । हेटौंडा जेसिजले हेटौंडा–१ भैरव डाँडास्थित श्री भैरव आधारभूत विद्यालयमा अध्ययनरत ४३ जना विद्यार्थीलाई टिसर्ट र ट्राउजर वितरण गरेको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपाने रहेका थिए भने हेटौंडा जेसिजका अध्यक्ष पंकज दास बानियाँले सभाध्यक्षता गरेका थिए।

राष्ट्रिय महासचिव तथा निवर्तमान अध्यक्ष विकेश लाल श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक घुर्म बहादुर दर्लामी, अध्यक्ष श्याम सुनार, जेसिजका पूर्व अध्यक्षहरू, कार्यसमिति पदाधिकारीहरू, अभिभावक तथा स्थानीयको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको संयोजन सृजन राज बज्राचार्यले गरेका थिए। जेसिज महासचिव सन्जय कुमार न्यौपानेले पोशाक वितरणबारे जानकारी गराएका थिए।

विद्यालयका कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई लक्षित गर्दै गरिएको यस किसिमको सहयोगले विद्यार्थीको आत्मबल वृद्धि हुने र सिकाइमा समेत टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.