मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीद्वारा चितवनका स्वास्थ्य संस्थामा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी

हेटौंडा । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले शुक्रबार चितवनस्थित पुरानो मेडिकल कलेज, एलाइभ हस्पिटल लगायतका विभिन्न स्वास्थ्य संस्थामा उपचाररत मनहरी गाउँपालिका निवासी बिरामीहरूको स्वास्थ्य अवस्था र समस्याबारे जानकारी लिएका छन्।

गाउँपालिकाबाट बाहिर उपचार गराइरहेका स्थानीयबासीहरूको अवस्था बुझ्न अध्यक्ष कालाखेती स्वयं अस्पताल पुगेका थिए। उनले बिरामीहरू तथा तिनका आफन्तहरूसँग संवाद गर्दै उपचारको अवस्था, सेवा सुविधासम्बन्धी जानकारी लिएका थिए।

अध्यक्ष कालाखेतीले विभिन्न स्वास्थ्य समस्याका कारण उपचार गराइरहेका सबै मनहरीवासी बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै गाउँपालिका सदैव आफ्ना नागरिकहरूको सेवामा समर्पित रहेको बताएका छन्।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.