अध्यक्ष कालाखेतीद्वारा विपन्न परिवारलाई काजकिरिया खर्च र स्वास्थ्य बीमा सहयोग

मनहरी – मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मानविय भावनाले एउटा उदाहरणीय कार्य गर्दै गाउँपालिका–६ लाथरमा रहेका आर्थिक रूपमा अति विपन्न स्थानीय परिवारलाई काजकिरिया खर्च उपलब्ध गराएका छन्।

पारिवारिक शोकको समयमा खर्चको अभावले दुःख भोगिरहेका स्थानीयहरूलाई सहयोग गर्दै अध्यक्ष कालाखेतीले काजकिरिया खर्च हस्तान्तरण गरेका हुन्।

त्यस्तै,  बिरामी अवस्थाका राजकुमार प्रजाको परिवारलाई समेत अध्यक्ष कालाखेतीले व्यक्तिगत तर्फबाट स्वास्थ्य बीमा गरिदिएका छन्।  प्रजाको आर्थिक अवस्था कमजोर रहेको भन्दै अध्यक्षले आफ्नो निजी पहलमा बीमा गरिदिएका हुन्।

“जनप्रतिनिधिको हैसियतले मात्र होइन, एउटा मानवको नाताले पनि म सधैं पीडितको पक्षमा उभिन चाहन्छु,” अध्यक्ष कालाखेतीले भने, “मेरा साना प्रयासहरूले कसैको जीवनमा सकारात्मक प्रभाव पार्न सके भने त्यो नै मेरो सन्तुष्टि हो।”

स्थानीयवासीहरू तथा सेवा लाभग्राहीहरूले अध्यक्ष कालाखेतीको सक्रियता, सहानुभूति र सेवा भावप्रति कृतज्ञता व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.