हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामालाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार बैठकले विभिन्न मन्त्रालयमा ६ सचिवहरूको पदस्थापन, भरतपुर–मेरिबीच भगिनी सम्बन्धका लागि परामर्श स्वीकृति, जिल्ला समन्वय समिति सहयोग कार्यक्रम सञ्चालनलगायत निर्णय गरेको छ।
बैठकले करार र अस्थायी कर्मचारीलाई महँगी भत्ता दिने र मन्त्रालयहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
प्रतिकृया दिनुहोस्









