मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिकास्थित चित्लाङमा भएको एक सवारी दुर्घटनामा परी एक युवकको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार श्रावण १३ गते राति करिब ९:४५ बजे, बिसंखेबाट टौखेलतर्फ गइरहेको बा.प्र.६६ प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा तरकारी लोड गर्न रोकिराखिएको ना.७ ख ४२७६ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक टौखेल निवासी अन्दाजी ३२ वर्षीय अमिर गोपाली गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि लगिएको भए पनि मिति २०८२ भदौ १४ गते बेलुका ७:३० बजे उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्









