बागमती प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको कार्यालयले वार्षिक प्रतिवेदन बुझायो

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालय, बागमती प्रदेश मकवानपुरले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन बुझाएको छ ।
मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ बमोजिम कार्यालयको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखज्यू समक्ष पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।
प्रतिवेदन ग्रहण गर्नु हुदै प्रदेख प्रमुख देवकोटाले आफ्नो तर्फबाट सहजिकरण हुने बताए । ‘न्याय सम्पादनको क्षेत्रमा देखा परेका चुनौतीमाथि आवश्यक सहजिकरणमा मुख्यमन्त्री मार्फत मैले सहजिकरण गर्ने नै छु’ उनले भने । कार्यक्रममा मुख्यन्यायधिवक्ता शुकदेव काफ्लेले बागमती प्रदेशमा रहेको कारागरहरुमा सबैभन्दा समस्या रहेको टिप्पणी गरे। ‘कारगारको क्षमतभन्दा बढी कैदी बन्दीहरु राखेर मानव अधिकारको प्रत्याभुतिमा नै चुनौति रहेको अनुर्गमनका क्रममा पाइयो’ काफ्लेले भने ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.