खैरो हेरोइनसहित दुई जना पक्राउ

हेटौंडा – मकवानपुरको हेटौंडा –१० न्यूरेनीस्थित एक घरबाट लागूऔषध जस्तो देखिने खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले प्राप्त सूचनाको आधारमा १७ गते साँझ करीब ८:०० बजे विकास तामाङको घरमा छापा मार्दा ३ ग्राम ७०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरेको हो।

घटनास्थलबाट हेटौंडा–१० का ३६ वर्षीय विकाश तामाङ र वडा नं. ४ का ३४ वर्षीय अब्दुल मन्सुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुवैलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.