बालेन र सुदनविरुद्ध मकवानपुरमा पनि जाहेरी प्रयास

हेटौंडा । काठमाडौंमा जेन-जेड आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र मानवीय क्षतिको आरोपमा काठमाडौं महानगर प्रमुख बालेन साह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दर्ता गर्ने प्रयास मकवानपुरमा पनि भएको छ।

बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिन खोजेको हो। संगठनका संयोजक नवराज शर्मा पौडेलले प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहरालाई जाहेरी बुझाए पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।

एसपी बोहराका अनुसार, “घटना काठमाडौंमा भएको भएकाले मकवानपुरमा मुद्दा दर्ता गर्न सकिँदैन।” यता संयोजक पौडेलले सरकारी वकिलसँग परामर्शपछि आगामी कदम तय गर्ने बताएका छन्। एसपीले बिहीबार बिहान छलफलका लागि बोलाएका छन्।

जाहेरीमा मुलुकी अपराध संहिता, २०७४ का दफा १७७, १७८, २४४ र २८५ अनुसार ‘अपराधिक उपद्रव’ सम्बन्धी अभियोग माग गरिएको छ।

यसअघि मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीले काठमाडौंमा पनि यस्तै जाहेरी दर्ता गरेको थियो। यस्तै प्रकृतिका मुद्दा अघिल्लो समय केपी शर्मा ओली र रमेश लेखकविरुद्ध पनि दर्ता गरिएका थिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.