मकवानपुरको सिआन पुनर्स्थापना केन्द्रको अनुगमन, सबैभन्दा राम्रो सेवा दिएको मूल्याङ्कन

हेटौंडा । मकवानपुर जिल्ला प्रशासन कार्यालयअन्तर्गत लागुऔषध नियन्त्रण तथा पुनर्स्थापनाको अनुगमन समितिले बिहीबार हेटौंडा–९ स्थित सिआन पुनर्स्थापना केन्द्रको वार्षिक अनुगमन गरेको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेलको नेतृत्वमा भएको अनुगमनमा हेटौंडा अस्पताल, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, र हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधिहरू सहभागी थिए।

अनुगमन टोलीका अनुसार सिआन पुनर्स्थापना केन्द्रले सधैंजसो सन्तोषजनक नतिजा देखाउँदै आएको छ। वर्षमा एकपटक गरिने यो अनुगमनमा जग्गाको मापदण्ड, स्वास्थ्यकर्मीहरूसँगको सहकार्य, सेवा–सुविधा, खाना, सरसफाइ, र मेडिकल व्यवस्थाको समग्र मूल्याङ्कन गरिन्छ।

अनुगमनमा संलग्न टोलीका सदस्यहरूले मकवानपुरका सातवटा पुनर्स्थापना केन्द्रहरूमध्ये सिआन केन्द्रले सबैभन्दा राम्रो सेवा दिएको भन्दै प्रशंसा गरेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.