मादक पदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने २४ चालक नियन्त्रणमा

मकवानपुर । मादक पदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने २४ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार हेटौंडा बजारका विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले सवारी चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा लिएकामध्ये १  अटो र २३  मोटरसाइकल रहेका छन्। ती सवारीका चालकहरूले मदिरा सेवन गरेको पुष्टि भएपछि सवारी साधनसहित आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयमा पठाइएको जानकारी दिइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.