मकवानपुर । मादक पदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने २४ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार हेटौंडा बजारका विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले सवारी चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा लिएकामध्ये १ अटो र २३ मोटरसाइकल रहेका छन्। ती सवारीका चालकहरूले मदिरा सेवन गरेको पुष्टि भएपछि सवारी साधनसहित आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयमा पठाइएको जानकारी दिइएको छ।
प्रतिकृया दिनुहोस्









