हेटौंडा । शुक्रबार साँझ करिब ४:१५ बजेको समयमा हेटौंडा–११ थानाभर्याङस्थित प्रादेशिक कृषि थोक बजारको भवनभित्रको बिजुलीको तार चोरी गर्न खोज्ने क्रममा एक व्यक्ति पक्राउ परेका छन्।
अस्थायी प्रहरी पोष्ट थानाभर्याङ, मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरगढी गाउँपालिका–५ सामरी बस्ने २५ वर्षीय राजकुमार सुनारलाई चोरीका सामानसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।
प्रतिकृया दिनुहोस्










