कुलेखानी–सिस्नेरी बाटो पूर्णरूपमा अवरुद्ध

मकवानपुर ।  अविरल वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेस्थित कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

शनिबार साँझ ५:१५ बजे सडक अवरुद्ध भएपछि सवारी आवागमन रोकिएको छ र यात्रुहरू बीचमा अलपत्र परेका छन्। पहिरो अझै झरिरहेको हुँदा तत्काल सडक खोल्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सडक खुलाउने कार्यका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको बताइएको छ। उक्त स्थान प्रहरी चौकी सिस्नेरी, मकवानपुरबाट करिब ३ किलोमिटर पश्चिमतर्फ पर्छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.