जेसीआई हेटौंडाद्वारा रक्तदान तथा स्लो मोटरसाइकल रेस सम्पन्न

हेटौंडा । जेसीआई हेटौंडाको जेसीज सप्ताह २०२५ अन्तर्गत मंगलबार विविध सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। ‘रक्तदान जीवनदान’ भन्ने मूल नारासहित आयोजित रक्तदान कार्यक्रम र ‘तीव्र गति, जीवन क्षति’ भन्ने सन्देश बोकेको स्लो मोटरसाइकल रेस प्रतियोगिता सम्पन्न भएका हुन्।

हेटौंडा–४ स्थित हुप्राचौरमा सम्पन्न रक्तदान कार्यक्रममा कुल २० जनाले रक्तदान गरेका थिए। कार्यक्रममा रक्त सञ्चार केन्द्र मकवानपुरले प्राविधिक सहयोग प्रदान गरेको थियो। कार्यक्रमको सभापतित्व सन् २०२५ का शाखा अध्यक्ष पंकज दास बानियाले गरेका थिए भने संयोजक विनोद वाग्ले रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भिमसागर गुरागाई रहेका थिए।

त्यसैगरी ‘तीव्र गति, जीवन क्षति’ भन्ने नारासहित आयोजित स्लो मोटरसाइकल रेस प्रतियोगिता हेटौंडा–४ शितल महल चोकदेखि हुप्राचौर गेटसम्म सम्पन्न भएको थियो। प्रतियोगितामा २५ जना सहभागी रहेका थिए।

प्रतियोगितामा हेटौंडा–५ का विक्रम उलक प्रथम, सोही वडाका मित्र प्रसाद गौतम द्वितीय, र हेटौंडा–२ का विवेक बानिया तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुबास चन्द्र बोहरा रहेका थिए। बोहराले विजेताहरुलाई प्रमाणपत्र, मेडल र पुरस्कार वितरण गरेका थिए।

जेसीज सप्ताहका कार्यक्रमहरूमा सन् २०२० का शाखा अध्यक्ष राजदेव बानिया, सन् २००८ का शाखा अध्यक्ष तथा २०२५ का प्रमुख बोर्ड सल्लाहकार एवम् बोर्ड अफ ट्रस्टीका अध्यक्ष कुश रिजाललगायतका अतिथि र जेसीज सदस्यहरूको उपस्थिति रहेको थियो।

सप्ताहव्यापी कार्यक्रमका लागि सन्तोष पराजुली मूल कार्यक्रम संयोजक र किरण आले सह–मूल संयोजक रहेका छन्।

कार्यक्रम सञ्चालन जेसीआई हेटौंडा सन् २०२५ का महासचिव संजय कुमार न्यौपानेले गरेका थिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.