जेसीआई हेटौंडाद्वारा अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता सम्पन्न

हेटौंडा । जेसीज सप्ताह–२०२५ अन्तर्गत जेसीआई हेटौंडाले बुधबार ‘भिजन, एक्सन, सक्सेस’ शीर्षकमा अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।

प्रतियोगितामा विभिन्न शाखाका १२ जना जेसीज सदस्यहरूले सहभागिता जनाएका थिए। प्रतिस्पर्धात्मक रूपमा सम्पन्न प्रतियोगितामा सन्तोष पराजुली प्रथम भएका छन् भने संजय कुमार न्यौपाने द्वितीय स्थानमा रहेका छन्। सोही क्रममा किरण आले र विवेक फुयाल तृतीय स्थानका सह–उपविजेता घोषित भएका छन्।

कार्यक्रमको मूल्यांकन कार्य सन् २००८ का शाखा अध्यक्ष कुश रिजाल र सन् २०१५ का अध्यक्ष दिपक राज मिश्रले सम्पन्न गरेका थिए।

सन् २०२५ का शाखा अध्यक्ष पंकज दास बानियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सन् २००१ का पूर्व शाखा अध्यक्ष धर्मकृष्ण श्रेष्ठ प्रमुख अतिथि तथा सृजन राज बज्राचार्य संयोजकका रूपमा उपस्थित रहेका थिए।

जेसीआई हेटौंडाका महासचिव न्यौपानेका अनुसार जेसीज सप्ताहको क्रममा यसअघि रक्तदान कार्यक्रम र स्लो मोटरसाइकल रेस सम्पन्न भइसकेको छ भने आगामी दिनमा अन्य सामाजिक तथा व्यक्तित्व विकासमुखी कार्यक्रमहरू सञ्चालन गरिने तयारी गरिएको छ।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.