जेसीआई हेटौंडा लेडीद्वारा जेसीज सप्ताह विभिन्न कार्यक्रमसहित मनाइने

हेटौंडा । जेसीआई हेटौंडा लेडीले कार्तिक २० देखि २३ गतेसम्म ‘जेसीज सप्ताह–२०२५’ विविध सामाजिक र सृजनात्मक कार्यक्रमका साथ मनाउने तयारी गरेको छ।

मुख्य कार्यक्रम संयोजक पूजा बस्नेतका अनुसार उक्त सप्ताहभर समाजसेवा, शैक्षिक सहयोग, र नेतृत्व विकासमुखी गतिविधिहरू सञ्चालन गरिनेछ।

कार्यक्रमको पहिलो दिन कार्तिक २० गते बिहान ७ बजे हेटौंडा–१५ स्थित दिव्य सेवा निकेतनमा खाद्यान्न वितरण गरिनेछ, जसको संयोजन जेसी प्रतिमा बतौलाले गर्ने बताइएको छ। सोही दिन साँझ ५ बजे हेटौंडा–४ को शीतल महल चोकमा ‘स्लो स्कुटी रेस’ आयोजना हुनेछ, संयोजकको जिम्मेवारी जेसी सज्जिता घलानले सम्हाल्नेछिन्।

कार्तिक २१ गते बिहान ९ बजे हेटौंडा–१ मा ‘स्वागतम् बोर्ड स्थापना कार्यक्रम’ हुनेछ। त्यसपछि दिउँसो १ बजे हेटौंडा–८ स्थित श्री त्रिवेणी आधारभूत विद्यालयमा स्व. बाबु प्रसाद पौडेलको स्मृतिमा शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गरिनेछ।

त्यस्तै, कार्तिक २२ गते बिहान ९ बजे रेडक्रस भवन, हेटौंडा–१ मा रक्तदान र सोही दिन  बिहान ११ बजे हिमालयन दरबारमा ‘भाषण तथा कला तालिम कार्यक्रम’ हुनेछ ।

२३ गते  साँझ ५ बजे ‘जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण समारोह’का साथ कार्यक्रम औपचारिक रूपमा समाप्त गरिनेछ।

जेसीआई हेटौंडा लेडीकी अध्यक्ष जेसी अस्मिता न्यौपानेकाअनुसार, जेसीज सप्ताहको उद्देश्य सामाजिक उत्तरदायित्व, महिला नेतृत्व सशक्तीकरण तथा सामुदायिक सहकार्यलाई सुदृढ बनाउने हो।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.