हेटाैँडा ४ काे पहिलाे प्राथमिकता शिक्षा; वडा अध्यक्ष सिग्देल

हेटाैँडा । विकासकाे लागि शिक्षा नै पहिलाे प्राथमिकता रहेकाे हेटाैँडा-४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताएका छन् । शैक्षिक गुणस्तर सुधार समिति, हेटाैँडा-४ काे बैठकमा अध्यक्ष सिग्देलले वडा कार्यालयले शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियाेजन गरिएकाे बताए । हेटाैँडा ४ नं. वडा बाग्मति प्रदेशकाे राजधानीकाे शैक्षिक केन्द्र भएकाेले शिक्षालाई पहिलाे प्राथमिकता दिईएकाे उनकाे भनाई रहेकाे छ ।
समितिकाे बैठकले हेटाैँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयद्वारा विनियाेजित शैक्षिक कार्यक्रम कार्यान्वयनबारे ६ महिने (मंसिर-बैशाख) कार्ययाेजना बनाएकाे छ । वडा कार्यालयमा सम्पन्न बैठकले शिक्षक तालिम तथा उत्प्रेरणा कार्यक्रम, बृहत् शैक्षिक तथा साँस्कृतिक मेला, वडास्तरी बृहद खेलकुद प्रतियाेगिता, उत्कृष्ट शिक्षक तथा विध्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम, विध्यार्थी उध्यमशिलता कार्यक्रम, विध्यालयमा विनियाेजित पूर्वाधार निर्माण कार्य अगाडि बढाउन विभिन्न निर्णयहरू गरेकाे छ । बैठक हेटाैँडा ४ नं. वडाभित्र रहेका सामुदायिक विध्यालयहरू भुटनदेवी मावि, आधुनिक राष्ट्रिय मावि, श्रमिक मावि, संस्थागत विध्यालयहरू नवाेदय ई. बाेर्डिङ्ग स्कुल, ब्रम्हदीक एकेडेमी, सत्यम् जेभियर्स, आमसाई ई. बाेडिङ्ग स्कुल, राेज एकेडेमीका प्रिन्सिपल तथा प्रतिनिधिहरूकाे उपस्थित रहेकाे थियाे ।
समितिका अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा बसेकाे बैठकले भुटनदेवी माविका प्रअ माधवप्रसाद दाहालकाे अनिवार्य अवकाशपछि रिक्त रहेकाे काेषाध्यक्ष पदमा भुटनदेवी माविका निमित्त प्रअ सूर्यप्रसाद घिमीरेलाई मनाेनित गरिएकाे समितिका सचिव रामसागर गुरागाईँले जानकारी दिनुभयाे । वडा सदस्य गीता त्रिपाठीकाे विशेष उपस्थिति रहेकाे बैठकले दाहालले समितिमा पुर्याउनु भएकाे याेगदानलाई आभार व्यक्त गर्दै भुटनदेवी माविका निमित्ति प्रअ सूर्यप्रसाद घिमीरेलाई बधाई ज्ञापन गरेकाे छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.