भिमफेदीमा  औषधि लोड गरिएको ट्रक पल्टिँदा सडक पूर्ण अवरुद्ध

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–८, बगुवा स्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान औषधि लोड गरिएको ट्रक दुर्घटना हुँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना ३ ख ३१९२ नम्बरको ट्रक बिहान करिब ५ बजे अचानक ब्रेकफेल भई अनियन्त्रित हुँदा सडकमै पल्टिँदै दुर्घटना भएको हो।

दुर्घटनामा परेका ट्रक चालक ४० वर्षीय विनोद माझी बाराको जितपुर–सिमरा उप–महानगरपालिका–१ बस्ने, सकुशल रहेको र प्रहरी सम्पर्कमा रहेको प्रहरीले जनाएको छ।

घटना जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ठिंगनबाट प्र.स.नि. रमाकान्त प्रसाद यादवको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली खटिएर घटनास्थलमा पुगेको थियो। ट्रक सडकमा पल्टिँदा आवागमन पूर्ण रूपमा रोकिएको र ट्रक हटाउने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटना भएको स्थान इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ८ किलोमिटर उत्तर पर्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.