हेटौंडा। बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता अप्सरा बस्नेतको नाम सिफारिस गरिएको छ। बस्नेत बागमती प्रदेश मात्र नभई नेपालकै पहिलो महिला मुख्य न्यायाधिवक्ता बन्ने भएकी छन्।
मंगलबार उनको नाम मुख्य न्यायाधिवक्ताका लागि सिफारिस गरिएको हो। यसअघि दोलखाका अधिवक्ता सुकदेव काफ्ले मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा थिए। काफ्लेले राजीनामा दिएपछि बस्नेतको नाम सिफारिस गरिएको हो।
अधिवक्ता बस्नेत जिल्ला बार एसोसिएसन मकवानपुरकी निवर्तमान अध्यक्ष समेत हुन्। उनी उक्त बार एसोसिएसनको पहिलो महिला अध्यक्षसमेत बनेकी थिइन्।
बस्नेतलाई आइतबार औपचारिक रूपमा शपथग्रहण गराइने तयारी गरिएको छ।
प्रतिकृया दिनुहोस्










