बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अप्सरा बस्नेत नियुक्त, पहिलो महिला मुख्य न्यायाधिवक्ता

हेटौंडा। बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता अप्सरा बस्नेत नियुक्त भएकी छिन् । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आइतबार बस्नेतलाई मुख्य न्यायाधिवक्ताको रूपमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा बस्नेतलाई उक्त जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। यससँगै बस्नेत बागमती प्रदेश मात्र होइन, नेपालकै पहिलो महिला मुख्य न्यायाधिवक्ता बनेकी छिन् ।

यसअघि दोलखाका अधिवक्ता सुकदेव काफ्ले मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा रहेका थिए । काफ्लेले राजीनामा दिएपछि रिक्त पदमा बस्नेतको नाम सिफारिस गरिएको थियो।

नव नियुक्त मुख्य न्यायाधिवक्ता बस्नेत जिल्ला बार एसोसिएसन मकवानपुरकी निवर्तमान अध्यक्षसमेत हुन् । बस्नेतले उक्त बार एसोसिएसनको पहिलो महिला अध्यक्ष बन्ने इतिहाससमेत कायम गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.