हर्क साम्पाङ भन्छन्– झापामा ओली र बालेनलाई पछार्नेछौँ

हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले झापामा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई पछार्ने बताएका छन् ।

धरान उपमहानगरपालिकाका प्रमुख समेत रहेका साम्पाङले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । उनले भने,’हामी केपी ओली र बालेन शाह दुवैलाई झापा–५ मा पाहा पछराइ पछार्नेछौँ ।’

जति नै भ्रमको अँध्यारो छरे पनि आफू आएर बोलेपछि एक सेकेण्ड पनि भ्रम नटिक्ने उनले दाबी गरे ।

झापा क्षेत्र नम्बर ५ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीकाे निर्वाचन क्षेत्र हो । यही निर्वाचन क्षेत्रबाट बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने चर्चा छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.