हेटौंडा । दोलखा निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित कांग्रेसका सांसद कुन्दनराज काफ्लेले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने तयारीका लागि उनले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएको बताएका छन्।
काफ्लेले सोमबार बागमती प्रदेश सभा सचिवालय हेटौँडामा उपस्थित भएर उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन्।
बागमती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका तथा कांग्रेसका केन्द्रीय सदस्य काफ्लेले संघीय संसदमार्फत दोलखाली जनताको प्रतिनिधित्व गर्ने उद्देश्यले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन्।
प्रतिकृया दिनुहोस्










