हेटौंडा । हेटौँडा उपमहानगरपालिका–६ निवासी १०२ वर्षीय टीकादत्त पौडेलले बिहीबार हेटौँडास्थित वंशगोपाल माध्यमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्। उच्च उमेर हुँदाहुँदै पनि लोकतान्त्रिक प्रक्रियाप्रति उनको सक्रियता देखेर स्थानीयहरू प्रभावित भएका छन्।
वि.सं. १९८२ मा जन्मिएका पौडेलले वि.सं. २०१५ सालदेखि भएका सबै निर्वाचनमा मतदान गर्दै आएको उनका नाति विजय पौडेलले जानकारी दिए। उनले लोकतन्त्रप्रति आफ्नो विश्वास कायम राख्दै हरेक निर्वाचनमा सहभागी हुँदै आएका छन्।
यसपटक भने उनले छोरा कृष्णप्रसाद पौडेलको सहयोगमा मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्। उमेरले शताब्दी नाघे पनि मतदानप्रति उनको उत्साह र प्रतिबद्धता अझै पनि उस्तै रहेको देखिन्छ।
प्रतिकृया दिनुहोस्










