हेटौंडा । बागमती प्रदेश लोक सेवा आयोगको एक रिक्त पदमा काठमाडौं–१० नयाँबानेश्वर निवासी पुनम घिमिरे नियुक्त भएकी छिन् । उनलाई दीपकप्रसाद देवकोटाले आज नियुक्त गरेका हुन् ।
नियुक्तिपछि आजै आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा घिमिरेलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।
सपथ कार्यक्रममा इन्द्रबहादुर बानियाँ, किरण थापा मगर तथा जयराम थापा लगायतको उपस्थिति रहेको थियो।
प्रतिकृया दिनुहोस्











