विपन्न परिवारलाई मनहरी गाउँपालिकाद्वारा काजकिरिया खर्च वितरण

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले शोकमा परेका १२ विपन्न परिवारलाई काजकिरिया खर्च उपलब्ध गराएको छ।

गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले सोमबार घरमै पुगेर मनहरी गाउँपालिका–६ र ९ का १२ परिवारलाई प्रति परिवार २० हजार रुपैयाँ नगदसहित श्रद्धाञ्जलीपत्र हस्तान्तरण गरेका हुन्।

विपन्न परिवारलाई काजकिरिया खर्च उपलब्ध गराउने कार्यक्रमअन्तर्गत गाउँपालिकाले बजेट विनियोजन गरी यस्तो सहयोग गर्दै आएको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.