हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले शोकमा परेका १२ विपन्न परिवारलाई काजकिरिया खर्च उपलब्ध गराएको छ।
गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले सोमबार घरमै पुगेर मनहरी गाउँपालिका–६ र ९ का १२ परिवारलाई प्रति परिवार २० हजार रुपैयाँ नगदसहित श्रद्धाञ्जलीपत्र हस्तान्तरण गरेका हुन्।
विपन्न परिवारलाई काजकिरिया खर्च उपलब्ध गराउने कार्यक्रमअन्तर्गत गाउँपालिकाले बजेट विनियोजन गरी यस्तो सहयोग गर्दै आएको जनाएको छ।
प्रतिकृया दिनुहोस्








