सुर्यभैरव टोल विकासको अध्यक्षमा मना डीसी

हेटौंडा म। सुर्यभैरव टोल विकास संस्थाको १० औं साधारण सभा तथा निर्वाचनबाट मना डीसी अध्यक्षमा निर्वाचित भएकी छन्। शनिबार सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा नितु रौनियार, सचिवमा राधिका चौलागाईं र कोषाध्यक्षमा कल्पना इतानी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा सुशीला रिजाल, सुमित्रा श्रेष्ठ र बिनिता बनियाँ निर्वाचित भएका छन्।

साधारण सभामा टोल विकासका विभिन्न योजना, सरसफाइ, सामाजिक एकता तथा आगामी कार्यदिशाबारे समेत छलफल गरिएको थियो। नव निर्वाचित कार्यसमितिले टोलको समग्र विकास, सुशासन र समुदायको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.