हेटौंडामा मेकअप म्याजिक एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा

हेटौंडा । हेटौंडा–४ स्थित पारिजात पथमा “डिआर मेकअप म्याजिक एण्ड ट्रेनिङ सेन्टर” नामक नयाँ पार्लर सञ्चालनमा आएको छ। नयाँ वर्ष २०८३ को शुभ अवसर पारेर मंगलबार उक्त पार्लर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।

पार्लरकी सञ्चालक दिप्सना रिमालका अनुसार उनका बुबा राजेन्द्र रिमाल र आमा अम्बिका रिमालले रिबन काटेर उद्घाटन गरेका थिए।

रिमालले हेटौंडाको टच एण्ड ग्लो मेकअप स्टुडियोमा दुई वर्षसम्म तालिम लिएकी हुन्। त्यहाँ केही समय काम गरेर अनुभव बटुलेपछि उनले आफ्नै पार्लर सञ्चालनमा ल्याएकी बताइन्।

उनले अब आफ्नो पार्लरमार्फत मेकअप सेवा मात्र नभई प्रशिक्षण पनि दिने जानकारी दिएकी छन्। यहाँ विभिन्न प्रकारका मेकअप सम्बन्धी सम्पूर्ण तालिमहरू उपलब्ध हुने बताइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.