हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले संयुक्त राष्ट्रसंघीय परियोजनासँग सहकार्यमा महिला मैत्री नगर घोषणा गर्ने ऐतिहासिक सम्झौता सम्पन्न गरेको छ। यस अवसरमा सिआन पुनर्स्थापना केन्द्रका सल्लाहकार महेश्वर मान श्रेष्ठ र प्रतिनिधि टोलीले नगर प्रमुख मिना लामाज्यूलाई बधाई तथा समर्थन व्यक्त गरे।
कार्यक्रममा बोल्दै सिआनका प्रतिनिधि मनिष मान श्रेष्ठले भने,“महिला नेतृत्वको दृढ संकल्प र निडरताले हेटौंडालाई सुरक्षित र सम्मानपूर्ण नगरतर्फ डोऱ्याइरहेको छ। हामी यो सकारात्मक अभियानका हरेक कदममा साथ रहनेछौं।”
टोलीले नगर प्रमुखलाई हाल प्राप्त धम्कीहरूबारे चिन्ता व्यक्त गर्दै महिला सुरक्षाको पक्षमा नझुक्किने संकल्पप्रति समर्थन जनायो। साथै, सिआनले नगरभित्र कुनै पनि महिला हिंसा वा दुर्व्यवहारका घटनामा तत्काल सहयोग र समन्वय गर्न तयार रहने प्रतिबद्धता प्रकट गर्यो।
लागूपदार्थ उपचार, पुनर्स्थापना र सामाजिक पुनःएकीकरणका क्षेत्रमा सक्रिय सिआन पुनर्स्थापना केन्द्रले विगत एक दशकदेखि महिला सशक्तीकरण र मानव अधिकारका पक्षमा निरन्तर काम गर्दै आएको छ।










