हेटौंडा–१० मा अनमोल सुनचाँदी पसल पुनः सञ्चालनमा

हेटौंडा । हेटौंडा–१० स्थित बासुदेव मार्गमा अनमोल सुनचाँदी पसल बुधबारदेखि पुनः सञ्चालनमा आएको छ।

यसअघि हेटौंडा–१ राप्तिरोडमा सञ्चालनमा रहेको उक्त पसल सडक विस्तारका क्रममा भत्किएपछि केही समय बन्द रहेको थियो।

करिब २० वर्षअघि प्रोप्राइटर राजकुमार घिमिरे र कविता घिमिरे दम्पतीले स्थापना गरी सञ्चालन गर्दै आएको पसल पुनः नयाँ स्थानबाट सञ्चालनमा ल्याइएको हो। लामो समयको अनुभव बोकेका घिमिरे दम्पतीले आफ्नै व्यवसाय ढलेपछि पनि हिम्मत नहार्दै पुनः व्यवसायलाई निरन्तरता दिएका हुन्।

हाल उक्त पसल हेटौंडा–१० नम्बर वडा नजिक सुनचाँदी पसलहरूको लाइनमा सञ्चालनमा आएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.