सामाजिक अभियन्ता विशाराज महतद्वारा नेपालको राजनीतिक हस्तक्षेप र इतिहासबारे अभिव्यक्ति

सामाजिक अभियन्ता विशाराज महतले नेपालको शासन, विदेशी हस्तक्षेप, विद्रोह र ताबेदारीको इतिहासबारे सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो विचार सार्वजनिक गरेका छन्।

महतका अनुसार, नेपालको राजनीतिक इतिहास विदेशी चलखेल र आन्तरिक अस्थिरतासँग गहिरो रूपमा जोडिएको छ। उनले २००७ सालको राणा विरोधी आन्दोलनदेखि लिएर हालसम्मको राजनीतिक यात्रामा भारतको प्रत्यक्ष–अप्रत्यक्ष भूमिका रहेको उल्लेख गरेका छन्।

उनका अनुसार, २००७ सालको आन्दोलन भारतको मध्यस्थतामा सफल भए पनि त्यसपछि नेपालका राजनीतिक दलहरूको भारतप्रति अत्यधिक निर्भरता र झुकावले राष्ट्रिय सार्वभौमसत्तामाथि असर पुर्‍यायो।
महतले भनेका छन्, “राणा विरोधी आन्दोलन भारतको सहयोगमा सफल हुँदा नेपाली दलहरू भारतप्रति नजिकिएका थिए, तर भारतले नेपाललाई स्वतन्त्र राष्ट्रको रूपमा हेरेन।”

उनले तत्कालीन राजा महेन्द्रले संविधानसभाको माग नस्वीकार्नुको कारण देशको अस्तित्व जोगाउने निर्णय भएको भन्दै औंल्याएका छन्। उनका अनुसार, सो समयमा भारतको राजनीतिक चलखेलले नेपालको स्वाधीनतामाथि खतरा ल्याउन सक्थ्यो।
महतले भारतीय गुप्तचर संस्था का अधिकारी आर.के. यादवको पुस्तक मिशन रअ उद्धृत गर्दै इन्दिरा गान्धीद्वारा नेपालको तराई टुक्र्याउने योजना समेत रहेको आरोपसमेत गरेका छन्।

राजा महेन्द्र र राजा बिरेन्द्रले राष्ट्रको स्वाभिमान जोगाउन महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको सदस्यता, राष्ट्रिय बैंकको स्थापना, सीमामा रहेका भारतीय सेना फिर्ता, र राष्ट्रिय औद्योगिक संरचना निर्माणजस्ता कार्यहरूलाई ऐतिहासिक उपलब्धि भनेका छन्।

त्यस्तै, उनले बहुदलीय व्यवस्था र गणतन्त्र पछिको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार, अहिले देशमा विदेशी हस्तक्षेप, एनजीओ–आइएनजीओको आर्थिक प्रभाव, कमजोर शासन, र दलगत स्वार्थका कारण आम जनता निराश भएका छन्।

महतले लेखेका छन्, “आज आम नेपालीले विचार, दर्शन र नेतामाथिको विश्वास गुमाइसकेका छन्। देशमा सुसासन, समृद्धि र बलियो राष्ट्रियता चाहिएको छ। नेपाली जनताले अब नैतिक, इमानदार र राष्ट्रप्रेमी नेतृत्वको खोजी गरिरहेका छन्।”

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.