कुखुरा पालनमार्फत आत्मनिर्भर बनेका ‘सरोज दाहाल’

भक्तपुरको चागुनारायण नगरपालिका–८ का सरोज दाहालले तीन वर्षअघि सवारी चालकको रुपमा मजदुरी गरेर आफ्नो जीवनयापन गरिरहेका थिए ।

आफ्नै जग्गा जमिन भए पनि त्यसबाट कुनै आम्दानी लिन सकेका थिएनन् । तर, उनले आत्मनिर्भर बन्ने निर्णय गरे र कुखुरा पालन व्यवसाय सुरु गरे ।

सरोजले गाउँमै रहेको भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. बाट दुई लाख रुपैयाँ ऋण लिएर व्यवसायको सुरुवात गरे । पहिलो चरणमा उनले सयवटा कुखुरा पाले । व्यवसाय सफल हुँदै गएपछि उनले कुखुराको संख्या क्रमशः बढाउँदै लगे । अहिले उनको फार्ममा पाँच सय भन्दा बढि कुखुराहरु रहेकाछन् ।

‘सहकारीबाट लिएको ऋण तिर्दै गएँ, अहिले त सबै ऋण तिरिसकेको छु’, सरोज भन्छन्, ‘एक वर्षदेखि सहकारीमा मासिक बचत गरिरहेको छु । घरखर्च कटाएर पनि थोरै–थोरै बचत गर्ने बानी परेको छ । आवश्यक पर्दा सहकारीबाटै लिने सोच बनाएको छु ।’

सवारी चालकको काम गर्दा अनिश्चित आम्दानी हुने हुँदा परिवार चलाउन कठिन भइरहेको थियो । तर, अहिले उनको दैनिकी फेरिएको छ । आत्मनिर्भर बन्न सकिएकोमा उनी सहकारीलाई धन्यवाद दिन्छन् ।

‘सहकारीले नै मलाई यो अवस्थामा ल्याइपुर्याएको हो । पहिलेको भन्दा अहिले मेरो जीवनशैली परिवर्तन भएको छ’, उनले खुसी व्यक्त गरे

सरोजको सफलता साना लगानीबाट पनि आर्थिक समृद्धि सम्भव छ भन्ने उदाहरण हो । मेहनत, योजना, र सही स्रोतको प्रयोगले मानिस आफ्नो जिवनस्तर सुधार गर्न सक्छ भन्ने उनको कथाले देखाउँछ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.