महिला नेतृत्व र सामाजिक न्याय प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै रमिला सापकोटा सम्मानित

हेटौंडा । गैरसरकारी महासंघ नेपालले गैरसरकारी संस्था महासंघ मकवानपुर जिल्ला शाखाकी अध्यक्ष रमिला सापकोटालाई ‘इण्टरसेक्सनल अवार्ड’ प्रदान गर्दै सम्मान गरेको छ ।

बुधबार आयोजित महासंघको ३१औँ वार्षिक साधारण सभाको अवसरमा आयोजित राष्ट्रिय नागरिक सम्मेलन २०८३ मा सापकोटालाई उक्त  सम्मान प्रदान गरिएको हो ।

महासंघले इण्टरसेक्सनालिटीको दृष्टिकोणबाट जिल्ला शाखाको अध्यक्षको भूमिकामा रहेर नागरिक समाजको नेतृत्व प्रवर्द्धन गरिरहेका महिला अध्यक्षहरूमध्ये महिला नेतृत्व विकास, समावेशिता, सामाजिक न्याय तथा नागरिक अधिकारको संरक्षण र प्रवर्द्धनमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै सापकोटालाई सम्मान गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.