रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्ट र नवोदयबाट साढे २६ लाख सहयोग

हेटौँडा । रसुवामा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्ट र नवोदय शिशु सदनले गरी साढे २६ लाख रुपैयाँ सहयोग गरेका छन्।
हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख रुपैयाँ सहयोग गरेको हो। उक्त रकममध्ये संस्थाका तर्फबाट १५ लाख रुपैयाँ तथा प्राध्यापक र कर्मचारीबाट ५ लाख रुपैयाँ संकलन गरिएको प्रिन्सिपल पुरनबहादुर जोशीले जानकारी दिए। रकम राहत कोषमा जम्मा गरिएको उनले बताए।
त्यसैगरी, नवोदय शिशु सदनले साढे ६ लाख रुपैयाँ सहयोग गरेको छ। बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर विद्यालयका तर्फबाट उक्त सहयोग रकमको चेक जिल्ला अधिकारी वसन्त अधिकारीलाई हस्तान्तरण गरिएको हो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.