हेटौँडा । रसुवामा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्ट र नवोदय शिशु सदनले गरी साढे २६ लाख रुपैयाँ सहयोग गरेका छन्।
हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख रुपैयाँ सहयोग गरेको हो। उक्त रकममध्ये संस्थाका तर्फबाट १५ लाख रुपैयाँ तथा प्राध्यापक र कर्मचारीबाट ५ लाख रुपैयाँ संकलन गरिएको प्रिन्सिपल पुरनबहादुर जोशीले जानकारी दिए। रकम राहत कोषमा जम्मा गरिएको उनले बताए।
त्यसैगरी, नवोदय शिशु सदनले साढे ६ लाख रुपैयाँ सहयोग गरेको छ। बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर विद्यालयका तर्फबाट उक्त सहयोग रकमको चेक जिल्ला अधिकारी वसन्त अधिकारीलाई हस्तान्तरण गरिएको हो।
प्रतिकृया दिनुहोस्








