बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले ९३.१२ प्रतिशत बजेट खर्च

हेटौंडा । बागमति प्रदेश खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयको आर्थिक बर्ष २०८१/८२ मा उपलब्ध बजेटमध्ये ९३.१२ प्रतिशत खर्च गर्न सफल भएको छ । मन्त्रालयको ७ अर्व ४७ करोड बजेटमा ६ अर्व ९५ करोड बजेट खर्च गर्न सफल भएको हो ।
चालु तर्फ ३० करोड र पुँजीगत तर्फ ६ खर्व ६५ करोड खर्च भएको मन्त्रालयले दिएको विवरणमा उल्लेख गरिएको छ ।
खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयले चालु तर्फ ४१ करोड र ७ अर्व ६ करोड बजेट विनियोजन गरेको थियो ।मन्त्रालयको समग्र बजेट खर्च ९३•१२ प्रतिशत रहेको मन्त्रालयले जानाएको छ । मन्त्रालयको चालु खर्च ७४•५५ प्रतिशत रहेको छ भने पुँजीगत खर्च ९४•२ प्रतिशत खर्च भएको पनि मन्त्रालयले उल्लेख गरेको छ ।
मन्त्री श्यामबहादुर खड्काको नेतृत्वमा मन्त्रालय तथा मन्त्रालय मातहतका कार्यालयहरुको पनि बजेट कार्यान्यनमा उल्लेख्य बढेको देखिन्छ । पछिल्लो समय मन्त्रालयहरुको बजेट कार्यानवयमा समस्या देखिए पनि प्रदेशको खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयमा भने बजेट कार्यान्वयन पक्ष राम्रो देखिएको हो ।

मन्त्री खड्काको कार्यकालमा मन्त्रालय तथा मातहतका कार्यालयहरूलाई योजना कार्यान्वयनमा सक्रिय बनाइएको मन्त्रालय स्रोतको दाबी छ। समयमै टेण्डर, प्राविधिक स्वीकृति, अनुगमन, र पूर्वाधार निर्माण प्रक्रियामा स्पष्टता ल्याइएकाले कार्यसम्पादन राम्रो भएको मन्त्रालयले जनाइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.