हेटौंडा । बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज सभामुख पदबाट राजीनामा दिएका छन्। उनले आज प्रदेशसभा सचिवालयमा आफ्नो राजीनामा पत्र बुझाएका हुन्।
पाठकले आफ्नो राजीनामामा जे-जे प्रकरणमा भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा गरिएको आन्दोलनमा जनताको भावनालाई समर्थन जनाउँदै आफूले सो पदबाट अलग हुने निर्णय लिएको उल्लेख गरेका छन्।
उनले गत साउन २३ गते जेनजिको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा भाग लिँदा जनताको साथ, समर्थन र प्रेम प्राप्त गरेको उल्लेख गर्दै त्यही भावनालाई सम्मान गर्न आफूले राजीनामा दिने निर्णय गरेको बताएका छन्। साथै, उनले २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरिसकेका थिए।
राजीनामा पत्रमा उल्लेख भएअनुसार नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ बमोजिम प्रदेश सभाको सभामुख पदबाट आजैदेखि राजीनामा स्वीकृत हुने स्पष्ट गरिएको छ।










