अनलाइन जागिर, केवाईसी भेरिफिकेसन र लटरीका नाममा लाखौँ ठगी
सावधान ! मकवानपुरमा बढ्दै साइबर अपराध 

हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्र रहेकी एक विद्यार्थी कान्छी (नाम परिवर्तन ) जो स्नातक तहमा पढिरहेकी छिन् । उनले इन्स्टामा अनलाइन जागिर भनेर बिज्ञापन आएको देखिन। उनले पढ्दै कमाउने आसले सम्पर्क गरिन। अनलाइन जागिर भनेर आएपछि पढाई र काम संगै  हुन्छ भनी आसमा सम्पर्क गरेकी थिइन् । सुरुमा १,२ हजार दिइएको थियो। सुरुमै थोरै रकम हाल्ने र उताबाट १,२ सय थपेर आउने भयो । सुरुमा पैसा थपिएर आएपछि उनले फेरि ४ हजार हालिन। जति ठुलो रकम त्यही धेरै कमिशन भनियो। कमिसन आउने भने पछि उनी सङ भएको १९ हजार उनले हालिदिइन। त्यो पैसा फिर्ता नआउदै उनलाई ५० हजार हाल्न भनेपछि उनले म ठगिदै छु भन्ने बुझिन र पैसा फुर्ता मागिन। पैसा फिर्ता माग्दा उनलाई तपाइको इसेवामा छ भनियो। विद्यार्थी भएको कारण उअनलाई कमाइ हुने आस थियो तर विश्वास भने थिएन । उनले आफ्नो बैंक खाता प्रयोग नगरेर इसेवा प्रयोग गरेकी थिइन् । उनले पैसा माग्दा उनलाई सुरुमा भ्रममा राखियो र पछि सम्पर्क विहिन भएपछि उनी प्रहरीमा एक महिना अघि उजुरी दिन पुगिन।

त्यस्तै कार्तिक १७ गते ह्वाट्स्यापमा सरोजलाई( नाम परिवर्तन ) फोन आयो। उठाउदा तपाईंको kyc भेरिफाइको लागि हेड अफिसबाट भनियो। र स्क्रिन सेयर गर्न लगाइयो।  सरोजले खाताको उक्त मोबाइलमा भएको बैंक खातको सेयर गर्न लगाएर खातामा भएको ३ लाख अन्य व्यक्तिको खातामा ट्रान्सफर गरिएको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी आयो। अनुसन्धान गर्ने क्रममा कोहि व्यक्तिको नाममा रक्म ट्रान्सफर भएको देखिएको छ। त्यो व्यक्तिको क्य्क लिइ बुझ्दा kyc भएको नम्बर प्रयोग नगरिएको भेटिएको छ।  खोजतलास गर्दा व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ।नचिनेको व्यक्तिको फोन उठाइ विश्वास गर्दा उनको परिश्रम गरेर कमाएको छ।

त्यस्तै पुस ४ गते प्रेम (नाम परिवर्तन ) लाई  फेसबुक मार्फत दुइ लाख ८९ हजार लोटरी परेको छ भनी विश्वास दिलाइ लोटरी निकाल्न थोरै ट्याक्स बुझाउनु पर्ने भनी ८० हजार बराबर ठगी भएको छ। तपाईंको नाम थर मिल्ने व्यक्तिको लोटरी परेको छ भनी सुरुमा कागज पत्र मागेर सबै डिटेल मागेर डुब्लिकेट भौचर भराइ बैंक खाता र एकाउन्ट नम्बर राखी पैसा आयो भनेर देखाइ नेपाल भन्सार भन्ने फेक नम्बर राखेर सोही व्यक्ति फोन ठगी गरियो।

त्यस्तै मंसिर २३ गते मिलन (नाम परिवर्तन)लाई  ह्वाटसप नम्बर मार्फत प्रेमलाई कल आयो उनलाई नेपाल बैंकको कर्मचारी हो भनी खातको kyc भेरिफाइ गर्न कोड पठाएको छ, भनी विश्वास दिलाई निवेदकले आफ्नो मोबाइलमा आएको कोड दिए पश्चात् निवेदकको खातामा भएको एक लाख ७० हजार अन्यत्र खातामा ट्रान्सफर भयो खाता पनि ह्याक गरि लिएको अवस्थामा पैसा आउन यस्तो ठगीमा एकदमै गार्हो हुन्छ।

त्यस्तै सरितालाई (नाम परिवर्तन )  सामाजिक संजाल फेसबुकमा अनलाइन जागिरको बिज्ञापन देखि लिङ्क खोल्दा विभिन्न नामको टेलिग्राम आइडीमा जोड्न भनी अनलाइनमा कुराकानी गर्दा अनलाइन जागिर हो धेरै रकम हाल्दा धेरै मुनाफा हुने भनी प्रलोभन देखाइ सुरुमा १० हजार लगानी गर्दा १० हजार फिर्ता आउने टेलिग्राम आइडीमा बैंक खाता जस्तै आफ्नो खाता खोलिदिने त्यसमा कारोबार भएको देखिन्छ । सुरुमा १० हजार गर्दा १६ हजार आउने हुन्छ पुन धेरै लगानी गर्न उक्साउछन् त्यसै गरि निवेदकलाइ रकम लगानी गरि विभिन्न खातामा पैसा हाल्न लगाइ ठगी गरेको।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार  धेरैजसो यस्तो ठगिमा पैसा फिर्ता हुने क्रम न्यून हुन्छ।

त्यस्तै अरुण ( नाम परिवर्तन ) लाई सामाजिक संजालमा देखेको बिज्ञापन हेरि महङो सामान सस्तो मुल्यमा छ भनी बिज्ञापनको भरमा परि सामान अडर गर्दा रकम बुझाए पछी मात्र सामान डेलिभरी हुने भनी ठगी धन्दा चलाउने गिरोहले एक हप्ता हेरेर मात्र पूरा गर्नुस भन्दा QR मा पैसा पेमेन्ट गर्दा पैसा होल्डमा छ रिलिज गर्न पर्छ भनी फेरि पैसा हाल्न लगाउने काम गरिन्छ। अनि मोबाइलको सेटिङ मिलाउन पर्छ भनिन्छ र स्क्रिन सेयेर गर्दा निजको खातामा भएको पनि सबै रकम झिकिने छ। होल्डमा रहेको रकम रिलिज गर्न भनी पैसा यस्तो अवस्थामा प्रयोग भएको खाताको बारेमा बुझ्दा कतिपय खातामा भएको पैसा अन्त हालिसकेको हुने र कति किनेको हुने।हुँदा दोषी पक्र!गर्न नसकिने अवस्था रहेको।यी त उद्घाहरण मात्र हुन । यस्ता ठगिमा मकवानपुरका निकै मानिस परिसकेका छन् । कतिको पैसा आउने टुङो समेत छैन।

चालु आर्थिक वर्ष २०८२-०८३ को साउनदेखि मंसिर सम्म फेसबुक ह्यक ११, फेक फेसबुक १४,टिकटक लगायतमा २२ जम्मा ४९ केश  दर्ता भएको छ। अनलाइन ठगी र स्क्याममा ९६ छ जसमा १२ काम भएको छ।

आर्थिक वर्ष २०७९-०८० मा फेसबुक ह्यक ५७, फेक फेसबुक ९३,जम्मा १६८ केश  दर्ता भएको छ। अनलाइन ठगी र स्क्याममा २५ छजसमा ३ काम भएको छ।

त्यस्तै आर्थिक वर्ष २०८०-०८१ मा फेसबुक ह्यक ४३४, फेक फेसबुक ३५,जम्मा ४६९ केश  दर्ता भएको छ। अनलाइन ठगी र स्क्याममा ९४ छजसमा २३ काम भएको छ।

त्यस्तै आर्थिक वर्ष २०८१-०८२ मा फेसबुक ह्यक ८८, फेक फेसबुक ५५,टिकटक लगायतमा २७ जम्मा १७० केश  दर्ता भएको छ। अनलाइन ठगी र स्क्याममा २२३ छजसमा २७ काम भएको छ।

प्रहरीले सामाजिक सञ्जालमा देखिने अनलाइन जागिर, लटरी, सस्तो सामान र बैंक केवाईसीका फोनप्रति सचेत रहन आग्रह गरेको छ। नचिनेको व्यक्तिको फोन, लिंक, स्क्रिन सेयर र कोड सेयर नगर्नु नै साइबर ठगीबाट बच्ने प्रमुख उपाय भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.