हेटौंडामा ‘बलिदानदेखि उपलब्धिसम्म’ विषयमा विचारविमर्श कार्यक्रम हुँदै

हेटौंडा। सिआन पुनर्स्थापना केन्द्र र जेनजी मकवानपुर को संयुक्त आयोजनामा हेटौंडामा बलिदानदेखि उपलब्धिसम्म जेनजीको सपना र हाम्रो भविष्य विषयक विचार विमर्श तथा छलफल कार्यक्रम आयोजना हुने भएको छ।आयोजक संस्थाहरूका अनुसार कार्यक्रम भदौ २३ गते हेटौंडा -२ स्थित गैरसरकारी संस्था महासंघको नागरिक भवन दिउँसो २ बजेबाट सुरु हुनेछ।

कार्यक्रममा विगतका आन्दोलन तथा बलिदानबाट प्राप्त परिवर्तन, नयाँ पुस्ता जेन्जीको सोच, सपना तथा देशको भावी दिशाका विषयमा गहन छलफल गरिने जनाइएको छ। कार्यक्रममा प्रबुद्ध व्यक्तित्व, नागरिक समाजका प्रतिनिधि, सामाजिक अभियन्ता तथा युवाबीच अन्तरक्रिया गराउने आयोजकको भनाइ छ।

आयोजक संस्थाहरूले मकवानपुरका युवा, विद्यार्थी, बुद्धिजीवी, सञ्चारकर्मी तथा सम्बन्धित सरोकारवालालाई कार्यक्रममा सहभागी भई आफ्ना धारणा राख्न तथा ऐक्यबद्धता जनाउन अपिल गरेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.