मनहरी गाउँपालिकाले काजकिरिया खर्च प्रदान गर्दै सामाजिक उत्तरदायित्वलाई निरन्तरता

मकवानपुर । मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको पहलमा काजकिरिया खर्च प्रदान गर्ने कार्यलाई निरन्तरता दिइँदै आएको छ। यही सिलसिलामा आज मनहरी गाउँपालिका–२ का विभिन्न विपन्न परिवारलाई प्रति परिवार २० हजार रुपैयाँ नगद काजकिरिया खर्चसहित श्रद्धाञ्जलीपत्र हस्तान्तरण गरिएको छ।

गाउँपालिका अध्यक्ष कालाखेतीले परिवारका सदस्यको निधनपछि आर्थिक अभावमा परेका घरधुरीहरूलाई सहजीकरण गर्न उक्त कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यसअघि पनि गाउँपालिकाबाट ६ घरधुरीलाई काजकिरिया खर्च उपलब्ध गराइएको थियो।

आजको कार्यक्रममा अध्यक्ष कालाखेतीले उक्त सहायता पीडित परिवारको पीडामा मलहम हुने विश्वास व्यक्त गर्दै गाउँपालिकाको सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो कार्य अघि बढाइएको जनाएका छन्।

स्थानीयस्तरमा यस किसिमको सहायताले पीडित परिवारलाई आर्थिक तथा भावनात्मक राहत प्रदान गर्नुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह भएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.