हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ। आन्दोलनरत प्रदर्शनकारीहरूले हेटौंडा–२ स्थित सञ्चार रजिष्ट्रारको कार्यालयमा तोडफोड गर्दै सो कार्यालय बाहिर रहेको सरकारी नम्बर प्लेटको स्कुटरलाई आगो लगाइदिएका छन्।
प्रत्यक्षदर्शीका अनुसार ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले कार्यालयको बोर्डसमेत भत्काएका थिए। स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रशासनले दिउँसो १ बजेबाट हेटौंडा बजारका चारवटै दिशामा कर्फ्यु आदेश जारी गरेको छ।
स्थानीय प्रशासनले शान्ति सुरक्षाको अवस्था थप नबिग्रियोस् भन्ने उद्देश्यले सुरक्षाकर्मीहरूको उपस्थिति बढाएको छ। अहिले हेटौंडामा तनावपूर्ण स्थिति कायम छ।
प्रतिकृया दिनुहोस्










