हेटौंडा । सार्कोमा क्यान्सरबाट पीडित ७ वर्षीया मेरिका पुजारीको उपचारका लागि आर्थिक सहयोगको अपील गरिएको छ। कलंकी, खड्गा गाउँकी मेरिकामा करिब एक महिनाअघि सार्कोमा क्यान्सर पुष्टि भएको हो। हाल उनी भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छिन्।
बिरामीका बुवा प्रकाश पुजारीका अनुसार परिवारले आफ्नै सामर्थ्यअनुसार उपचार खर्च व्यहोर्दै आएको भए पनि रोगको गम्भीरता र उपचारको उच्च लागतका कारण आर्थिक अभाव सिर्जना भएको छ। उनले भने, “हामीले सक्दो प्रयास गरेका छौं, तर अब उपचारलाई निरन्तरता दिन आर्थिक सहयोग अत्यावश्यक भएको छ।”
परिवारले सहयोगी मन भएका व्यक्ति तथा संघसंस्थासँग सहयोग गरिदिन हार्दिक अपील गरेको छ। सार्कोमा जस्तो गम्भीर क्यान्सरको उपचार दीर्घकालीन र खर्चिलो हुने भएकाले समयमै सहयोग जुटे बालिकाको जीवन रक्षा गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सहयोगका लागि विवरण:
बैंक: NIC ASIA Bank
खाता नम्बर: १९८८९७०२३६९५२४०१
खातावालाको नाम: प्रकाश पुजारी
सम्पर्क नम्बर: ९८०११७६९१७










